जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकता औपचारिक रूपमा घोषणा गरेका हुन्।

राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिँदै भने, “एकताको लक्ष्यका लागि तत्काललाई कार्यगत एकता गरिएको हो।”

कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्। राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका छन्।