भक्तपुरमा चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

भक्तपुरमा चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

काठमाडौं । बजारमा “गुण्डा नाइके” भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ। बिहीबार दर्ता भएको यो मुद्दा दर्ता भए पनि बयान र थुनछेक बहस नहुँदा चक्रे हिरासतमै रहने भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार, “आज मुद्दा दर्ता भयो, तर थुनछेक बहस नहुने भएकाले हिरासतमै राखेर भोलि पुनः अदालतमा पेश गरिनेछ।”

यो मुद्दा एक वर्षअघिको घटना सम्बन्धित छ। चक्रे मिलनसहितका व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमीमा जाहेरी परेको थियो। काका दिनेशकुमार रायमाझीले आफ्नो भतिजो मनिष रायमाझीमाथि १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै जाहेरी दिएका थिए।