लगातार तीन दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम ७ अर्ब ४६ करोड

लगातार तीन दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम ७ अर्ब ४६ करोड

काठमाडौं । लगातार तीन दिनको गिरावटपछि बिहीबार सेयर बजारमा हल्का सुधार देखिएको छ। नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८ अंकमा पुगेको हो। कारोबारका क्रममा सूचक दुई पटक २८ सय अंक माथि पुगे पनि दिउँसो १:४० पछि केही घटेको देखियो।

अघिल्लो दिनको ६ अर्ब १६ करोड रुपैयाँको तुलनामा आज कारोबार रकम बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

आज १०८ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको घट्यो। अन्य समूह १.८० प्रतिशतले उकालो लाग्दा, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, र व्यापार समूहमा पनि वृद्धि भयो। तर बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट आयो।

नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशतले बढ्दा, पन्चकन्या माइ हाइड्रोपावर, राधि विद्युत र अपर स्याङ्गे हाइड्रोपावरमा पनि उल्लेखनीय वृद्धि भयो। विपरीत रूपमा, नेपाल बैंक ५.९१ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बन्यो।

नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा आज धेरै कारोबार भएका कम्पनीमा अग्रस्थानमा रहे।