काठमाडौँमा बैंकिङ कसुरका मुद्दा सर्वाधिक, एक वर्षमा ६ हजारभन्दा बढी दर्ता

काठमाडौँमा बैंकिङ कसुरका मुद्दा सर्वाधिक, एक वर्षमा ६ हजारभन्दा बढी दर्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँमा पछिल्लो एक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी छन्। परिसर प्रमुख विश्व अधिकारीका अनुसार आव २०८०/८१ मा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका हुन्।

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटनामा पनि वृद्धि भएको छ।

परिसरमा दैनिक औसत ३५ मुद्दा दर्ता हुने गरेको छ। सहकारी ठगीका २६ मुद्दा अघिल्लो वर्ष दर्ता भए पनि चालु आव २०८१/८२ मा यो संख्या बढेर ३२ पुगेको छ।

यस्तै, ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएको प्रहरी प्रमुख अधिकारीले जनाएका छन्।