राष्ट्रपति पौडेलद्वारा ‘केही नेपाल ऐन संशोधन विधेयक’ प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ।”

यस विधेयकमार्फत विभिन्न कानुनी प्रावधानहरू अद्यावधिक तथा संशोधन गरिनेछ।