राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ९५ बमोजिम चैत्र २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने निर्णय भएको हो।

उक्त बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गरिएको छ।