भक्तपुरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुर, १३ वैशाख।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा गएराति ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षिय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षिय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको छ ।

बा ४ ख ८५८१ नम्बरको ट्रिपरले गएराति साढे १२ बजे बाग्मति प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।दुबै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।