काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने माग गरेकी छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आजीवन कारावासको सजायले अपराधीमा पर्याप्त डर पैदा गर्न नसकेकाले हत्या र बलात्कारका घटना बढिरहेको दाबी गरिन्।
उनले संविधानको धारा १६ को उपधारा (२) संशोधन गरी जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न सरकारसँग माग गरिन्। बानुले भनिन्, ‘हिजोको र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै सन्धि वा कानुन नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन। संविधानको धारा १६ को उपधारा २ लाई संशोधन गरेर जघन्य अपराधका हकमा मृत्युदण्डको व्यवस्था गर्न सरकारसँग माग गर्छु।’