गृह मन्त्रालयले गर्‍यो ३१ सिडियोको सरुवा, को–कहाँ पुगे ?

गृह मन्त्रालयले गर्‍यो ३१ सिडियोको सरुवा, को–कहाँ पुगे ?

काठमाडौं , १२ भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं जिल्लाको सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी धादिङबाट भगिरथ पाण्डेयलाई ललितपुर, मोरङका रमेश केसी कास्की, गृहमन्त्रालयबाट महादेब पन्थलाई रुपन्देही र बाँकेबाट मदन भुजेल मोरङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ।

सिताराम कार्की धनकुटाबाट इलाम, उदय राना मगर काभ्रेबाट झापा, राजेश पौडेल बाराबाट सुनसरी, फणिन्द्रमणि पोखरेल सुर्खेतबाट बारा, प्रेमराज जोशी ललितपुरबाट मकवानपुर, आसमान तामाङ मकवानपुरबाट धादिङ, बसन्त अधिकारी गृहमन्त्रालयबाट सुर्खेत, डा. कृष्णबहादुर घिमिरे सुनसरीबाट धनकुटा, सूर्यबहादुर खत्री गृहमन्त्रालयबाट महोत्तरी, श्रबणकुमार तिम्सिना इलामबाट काभ्रेपलाञ्चोक, सुनिल खनाल कारागार व्यबस्थापन बिभागबाट सप्तरी, उमेशकुमार ढकाल महोत्तरीबाट पाल्पा, बेदप्रसाद अर्याल कारागार कार्यालयबाट मुस्ताङ सरुवा भएका छन्।

बझाङका प्रजिअ सुरेश सुनार मोरङको सहायक प्रजिअ, बेदनिधि रेग्मी पूर्बी रुकुमबाट कारागार व्यबस्थापन बिभाग, यादब सुबेदी इप्रका दाङबाट अध्यागमन कार्यालय काठमाडौं, गंगाबहादुर क्षेत्री मुस्ताङबाट इप्रका दाङ, भेषप्रसाद शर्मा पर्साबाट सहायक प्रजिअ चितवन, ललितकुमार बस्नेत जाजरकोटबाट पर्सा, सुरेन्द्र पौडेल सप्तरीबाट नख्खु कारागार, उमेश पाण्डे मोरङबाट बझाङ, जनकराज पन्त चितवनबाट जाजरकोट, दीर्घनारायण पौडेल गृहमन्त्रालयबाट अध्यागमन कार्यालय, मोहनप्रसाद अर्याल बाँकेबाट पूर्बी रुकुम, कुमार बहादुर खड्का अध्यागमन कार्यालयबाट बाँके सरुवा भएका छन्।