सुनको मूल्य एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला १७५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ।