गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मी । गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको कालीगण्डकी गाउँपालिका–२ मा स्कारपियो दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जानकारी जगदीश भट्टराईले दिएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।