

काठमाडौं । दशैं–तिहारको चाडपर्वलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड माइडिया (Midea) ले आफ्ना फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, बहुउपयोगी खाना पकाउने सुविधा र आकर्षक क्यासब्याक उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले नेपाली बजारमा आफ्ना उत्पादन प्रवर्द्धन गरेको हो।
दशैं–तिहारमा परिवार, आफन्त र साथीभाइका लागि विभिन्न परिकार तयार गर्नुपर्ने व्यस्ततालाई ध्यानमा राखेर ल्याइएका माइडियाका कुकिङ रेन्जमा कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध छ। यसले एकैपटक विभिन्न परिकार तयार गर्न र भान्साको काम व्यवस्थापन गर्न सहज बनाउने कम्पनीको विश्वास छ।
नेपाली बजारमा माइडियाका FSC-600BX र FSC-6016ES मोडल उपलब्ध छन्। FSC-600BX मा ६० लिटर क्षमताको ग्यास ओभन छ भने FSC-6016ES मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ। उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार मोडल छनोट गर्न सक्नेछन्।
दुवै मोडलमा चारवटा ग्यास बर्नर छन्। फरक–फरक आकार र ताप क्षमताका बर्नरले कम तापमा खाना पकाउनदेखि उच्च तापमा छिटो पकाउनसम्म सहयोग गर्ने कम्पनीले जनाएको छ।
यी कुकिङ रेन्जमा कन्भेक्सन फ्यान, ओभनभित्रको प्रकाश, मेकानिकल कन्ट्रोल र पुश–बटन इग्निसनजस्ता सुविधा पनि समावेश छन्। ठूलो ओभन क्याभिटी र र्याक राख्न मिल्ने संरचनाले बेकिङ, रोस्टिङलगायत विभिन्न परिकार तयार गर्न सहजता प्रदान गर्नेछ। स्टेनलेस स्टिल फिनिस र आधुनिक कन्ट्रोल प्यानलले उपकरणलाई आकर्षक बनाउनुका साथै आधुनिक भान्साको डिजाइनसँग मेल खाने कम्पनीको दाबी छ।
माइडियाका यी दुवै फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा दुई वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसका साथै दशैं–तिहारको अवसरमा उत्पादन खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। क्यासब्याक तथा अन्य अफरमा कम्पनीका लागू सर्तहरू लागु हुनेछन्।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीका अनुसार माइडियाका उत्पादन नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा cgdigital.com.np मार्फत उपलब्ध छन्।
कुकिङ रेन्जका अतिरिक्त माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरेलु उपकरण पनि नेपाली बजारमा उपलब्ध छन्। आधुनिक प्रविधि र बहुउपयोगी सुविधासहितका उपकरणमार्फत उपभोक्ताको घरायसी आवश्यकता पूरा गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।