

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। बिम्स्टेकका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्।
यसअघि गृहमन्त्री गुरुङले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। नयाँदिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकका क्रममा भएको उक्त भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
बिम्स्टेक बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङ आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।