

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरू जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
त्यसैगरी, इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले अनुमोदन गरेको छ।
समिति सभापति बोधनारायण श्रेष्ठले बैठकले १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको जानकारी दिएका हुन्। यसैबीच, समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ।