

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको टीसीएल ब्रान्डले ग्राहकको विश्वास बढ्दै गएको जनाएको छ। विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै कम्पनीले विभिन्न आकर्षक छुट, नगद फिर्ता र उपहारसहितका योजना सार्वजनिक गरेको छ।
सन् १९९१ मा स्थापना भएको टीसीएल विश्वका १६० भन्दा बढी देशमा फैलिएको कम्पनी हो। नेपालमा चौधरी ग्रुपमार्फत टीसीएलका विभिन्न विद्युतीय सामग्री बिक्री हुँदै आएका छन्। ग्राहकको विश्वास र ब्रान्डप्रतिको आकर्षण प्रत्येक वर्ष बढ्दै गएको टीसीएलका राष्ट्रिय बिक्री प्रबन्धक सन्तोष पौडेलले बताए।
उनका अनुसार टीसीएलले नेपाली बजारमा एलईडी टेलिभिजन, वासिङ मेसिन र एयर कन्डिसनरलाई मुख्य उत्पादनका रूपमा उपलब्ध गराउँदै आएको छ। यसका अतिरिक्त मल्टिडोर तथा साइड बाइ साइड रेफ्रिजरेटर, वाटर डिस्पेन्सर र अडियो सिस्टम पनि नेपाली उपभोक्ताका लागि उपलब्ध छन्।
चाडपर्वलाई लक्षित योजनाअन्तर्गत ग्राहकले विभिन्न उत्पादन खरिद गर्दा नगद छुट, क्यासब्याक तथा उपहार प्राप्त गर्न सक्नेछन्। पौडेलका अनुसार ५० देखि ९० इन्चसम्मका एलईडी टेलिभिजन खरिद गर्दा २० हजार रुपैयाँ बराबरको अडियो सिस्टम, वासिङ मेसिन खरिदमा ६ केजीको सर्फ एक्सेल र मल्टिडोर तथा साइड बाइ साइड रेफ्रिजरेटर खरिदमा सीजी इन्डक्सन चुलो निःशुल्क उपलब्ध गराउने योजना छ। त्यस्तै, विभिन्न उत्पादनमा २० देखि २५ प्रतिशतसम्म नगद छुटको व्यवस्था गरिएको उनले बताए।
कम्पनीका अनुसार टीसीएलको लोकप्रियता बढ्नुको मुख्य कारण उत्पादनको गुणस्तर र आधुनिक प्रविधि हो। पछिल्लो समय विश्वकपका कारण टेलिभिजनको बिक्रीमा उल्लेख्य वृद्धि भएको कम्पनीको दाबी छ। मिनी एलईडी टेलिभिजन तथा ७५ इन्च र सोभन्दा ठूला आकारका टेलिभिजनको बजारमा टीसीएल विश्वकै अग्रणी ब्रान्डमध्ये एक रहेको कम्पनीले जनाएको छ।
नेपाली उपभोक्ताको क्रयक्षमता र गुणस्तरप्रतिको अपेक्षालाई ध्यानमा राखेर अन्य ब्रान्डको तुलनामा प्रतिस्पर्धी मूल्यमा आधुनिक सुविधा भएका उत्पादन उपलब्ध गराइएको कम्पनीको भनाइ छ। चौधरी ग्रुपअन्तर्गतको सीजी सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउनु ब्रान्डको अर्को बलियो पक्ष रहेको कम्पनीले जनाएको छ।
टीसीएलका वासिङ मेसिनमा प्रयोग गरिएको डाइरेक्ट ड्राइभ (डीडी) मोटर प्रविधि नेपाली उपभोक्ताले रुचाएको कम्पनीको दाबी छ। पछिल्लो दुई वर्षदेखि नेपाली बजारमा निरन्तर बिक्री हुँदै आएको यो प्रविधियुक्त वासिङ मेसिन आधुनिक सुविधा र प्रतिस्पर्धी मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, हालै बजारमा ल्याइएको टीसीएलको ‘ब्रीजिन’ सिरिजको एयर कन्डिसनरमा ऊर्जा बचत गर्ने विशेष सुविधा रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार उक्त एसीले बाहिरी तापक्रम ६० डिग्री सेल्सियससम्म पुग्दा पनि तथा अत्यधिक चिसोमा शून्यभन्दा तलको तापक्रम हुँदा पनि कोठालाई चिसो वा न्यानो बनाउन सक्छ।
टीसीएलले आधुनिक प्रविधि, प्रतिस्पर्धी मूल्य, बिक्रीपछिको सेवा र चाडपर्व लक्षित उपहार योजनामार्फत नेपाली बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।