

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारीसमेत सुरु गरिसकेको छ। यसैबीच, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बैठकका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल भएको बताइएको छ।
भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना भारतीय समकक्षी अमित शाहसँग प्रधानमन्त्री बालेनको भारत भ्रमणका विषयमा छलफल गरेका हुन्। मंगलबार बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठक सम्पन्न भएपछि गुरुङ र शाहबीच भेटवार्ता भएको थियो। उक्त भेटमा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणबारे छलफल भएको स्रोतले जनाएको छ।