यस वर्षको मनसुन देशभरबाट बाहिरियो

यस वर्षको मनसुन देशभरबाट बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। यस वर्ष मनसुन विगतका वर्षको तुलनामा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो। मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ।