

भरतपुर । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। चितवनको भरतपुर-७, कृष्णपुरस्थित होटल पौवामा सोमबार सम्पन्न सभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने र बोनस सेयर वितरणपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गरेको छ।
कम्पनीले आवश्यक कानुनी प्रक्रिया तथा नियामकीय स्वीकृति पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ। कम्पनीले डब्लुपिसी ढोका, फ्रेम, वाल प्यानल तथा फाइबरजन्य सामग्री उत्पादन गर्दै आएको छ।