तीजमा पशुपतिमा १ हजार २५० प्रहरी परिचालन

तीजमा पशुपतिमा १ हजार २५० प्रहरी परिचालन

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासको सुरक्षा व्यवस्थाका लागि १ हजार २५० प्रहरी परिचालन गरिएको छ । भक्तजनका लागि बिहान ३ः१५ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खुला गरिएपछि दर्शन सहज भएको छ । बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् भने करिब ३ हजार दर्शनार्थी लाइनमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीले सीसीटीभी र ड्रोनमार्फत निगरानी गरिरहेको छ । सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले दुई सिफ्टमा दिनभर सुरक्षा व्यवस्था मिलाएकाले दर्शनार्थीलाई पशुपतिनाथको दर्शन गर्न सहज भएको जनाएको छ ।