

काठमाडौँ । ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा आज ‘जेन-जी’ सहिद दिवस मनाइँदै छ। २०८२ भदौ २३ गते भएको ‘जेन-जी’ आन्दोलनले देशको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।