एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै

एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछन्।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे र सचिवालय बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी गरेको छ।

सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनका साथै केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुने आचार्यले जानकारी दिए।

एमालेका अनुसार केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ।