जनकपुरमा घरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरमा घरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा घरमा आगलागी हुँदा एक पूर्वशिक्षकको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा गएराति भएको आगलागीमा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।

स्थानीयका अनुसार राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेपछि सहनीको जलेर मृत्यु भएको हो। महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन्।

आगलागी हुँदा सहनीकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन्।

प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक आशंका गरेको छ। घटनास्थलमा आगलागीको कारण तथा क्षतिको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।