

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो सुरु भएको बैठकमा बजेट कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहने मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह तथा रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बैठकमा चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीति, मन्त्रालयबीचको समन्वय, विकास आयोजनाको कार्यान्वयनलाई गति दिने उपाय तथा बजेट खर्चको प्रभावकारिता बढाउने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।