कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, एक जनाको मृत्यु

कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे कीर्तिपुर नगरपालिका–ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको हो।

आगलागी हुँदा गाडीभित्र रहेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चालकको सिटमा रहेको र उनको पहिचान खुल्न बाँकी रहेको एसएसपी घिमिरेले जानकारी दिए। प्रहरीका अनुसार आगलागी भएको गाडी नविल बैंकको नाममा दर्ता रहेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।