मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० पुस्तक सार्वजनिक

काठमाडौं। मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०८२ का लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीले सोमबार सार्वजनिक गरेको सूचीअनुसार यस वर्ष प्राप्त भएका २९८ पुस्तकमध्येबाट उत्कृष्ट १० पुस्तक छनोट गरिएको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यी १० पुस्तकमध्येबाट एक पुस्तकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।

उत्कृष्ट १० पुस्तक

  • ‘अज्ञात’ – केशवराज ज्ञवाली
  • ‘इथा’  – केशव दाहाल
  • ‘उत्कर्ष’ – ललित विष्ट
  • ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ – रोशनकुमार झा
  • ‘नेपाल समुदायका परम्परागत मुकन्डोनाच’ – वीणा जोशी (राजभण्डारी)
  • ‘परिधि’ – उमा सुवेदी
  • ‘महायुग’ – सीमा आभास
  • ‘सलह’ – श्रवण मुकारुङ
  • ‘स्वस्पर्श’ – डा. नवराज केसी
  • ‘हिउँद’ – नदीश

मदन पुरस्कार नेपाली भाषा र साहित्यको प्रतिष्ठित सम्मानका रूपमा परिचित छ। प्रत्येक वर्ष प्रकाशित उत्कृष्ट नेपाली कृतिमध्ये एकलाई यो पुरस्कार प्रदान गरिन्छ। यस वर्षको विजेता पुस्तक गुठीले आगामी चरणमा घोषणा गर्नेछ।