विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, हाइटीमाथि १-० को कठिन जित

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, हाइटीमाथि १-० को कठिन जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हाइटीलाई १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा जोन म्याकगिनले गरेको एकमात्र गोल स्कटल्यान्डको जितका लागि निर्णायक बन्यो।

खेलको २८औँ मिनेटमा ड्रिन्क्स ब्रेकलगत्तै म्याकगिनले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

यो जितसँगै स्कटल्यान्डले महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि सोही समूहमा भएको अर्को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेल्दै एक–एक अंक बाँडेका थिए। त्यसैले स्कटल्यान्ड पहिलो चरणको खेलपछि तीन अंकसहित समूहको अग्रस्थानमा पुगेको हो।

स्कटल्यान्डले अब दोस्रो खेलमा आफ्नो अग्रता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने हाइटी पहिलो अंकको खोजीमा रहनेछ।