दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन, चेक रिपब्लिकमाथि २-१ को जित

दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन, चेक रिपब्लिकमाथि २-१ को जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ।

मेक्सिकोको ग्वाडालाजारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरिया सुरुआतमा पछि परेको थियो। खेलको ५९औँ मिनेटमा चेक रिपब्लिकका लादिस्लाभ क्रेज्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो। खेलको ६७औँ मिनेटमा ह्वाङ इन–बियोमले गोल गर्दै स्कोर १-१ को बराबरीमा पुर्‍याए।

त्यसपछि ८०औँ मिनेटमा ओह ह्योन–ग्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २-१ को अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि दक्षिण कोरियाले संघर्षपूर्ण जित दर्ता गर्न सफल भयो। यस जितसँगै दक्षिण कोरियाले समूह चरणमा महत्वपूर्ण तीन अंक बटुलेको छ भने चेक रिपब्लिक पराजित हुँदै अंकविहीन बनेको छ।