सेयर बजार : तीन दिनपछि उकालो, नेप्से २७६१ मा

सेयर बजार : तीन दिनपछि उकालो, नेप्से २७६१ मा

काठमाडौं । लगातार तीन कारोबार दिन ओरालो लागेको सेयर बजार सोमबार बढेको छ। नेप्से परिसूचक २१.३० अंकले बढ्दै २७६१ विन्दुमा पुगेर स्थिर भएको छ। कारोबारका क्रममा दिउँसो २ः३० बजे २७६४ विन्दु दिनकै उच्च विन्दु रह्यो।

बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ७५ करोडमै सीमित भयो। यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ कम्पनीको घट्यो।

समूहगत सूचकहरू मध्ये अधिकांश बढेका छन्। अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशतले उकालो लाग्यो, जसमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्यवृद्धिको ठूलो योगदान रह्यो।

त्यस्तै, बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ र व्यापार समूह ०.०५ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूह भने ०.०५ प्रतिशतले घट्यो।

१० प्रतिशतले मूल्य बढेका कम्पनी

  • नारायणी डेभलपमेन्ट बैंक

  • विकास हाइड्रोपावर

उल्लेख्य वृद्धि भएका अन्य कम्पनी

  • साना किसान विकास बैंक (५.२६%)

  • नेपाल पुनर्बीमा (५.१०%)

  • माहुली लघुवित्त (४.४८%)

  • उन्नति सहकार्य लघुवित्त (४.२५%)

  • मिथिला लघुवित्त (४.२५%)

  • हिमालयन रिइन्स्योरेन्स (३.३६%)

सबैभन्दा धेरै घट्ने कम्पनी

  • सिक्लेस हाइड्रोपावर (३.५४%)

  • सीवाईसी लघुवित्त (३.५०%)

  • खानीखोला हाइड्रोपावर (२.६३%)

धेरै कारोबार भएका शीर्ष पाँच कम्पनी

  • नेपाल पुनर्बीमा

  • हिमालयन रिइन्स्योरेन्स

  • हिमालयन डिस्टिलरी

  • राधि विद्युत्

  • छिमेक लघुवित्त