

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज ललितपुरको हरिसिद्धि पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेका छन्।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुवै नेताबीच बिहान सवा १० बजेबाट छलफल सुरू भएको हो। श्रोतले प्रचण्डले विप्लवलाई पार्टी एकताको प्रस्ताव अघि सारेको जनाएको छ।
यसअघि बसेको माओवादी केन्द्र स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ। आजको भेटमा विप्लवले प्रचण्डलाई आफ्नै कुर्सीमा बसाएका थिए भने आफू प्रचण्डका स्वकीय सचिव आचार्यसँगै सोफामा बसेका थिए।