भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई धरौटी छाड्न आदेश

भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई धरौटी छाड्न आदेश

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग धरौटी मागेको हो । उनलाई केन्द्रमा कार्यरत रहँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

तर, यो आदेशले मात्र पौडेल थुनामुक्त हुने छैनन् । किनभने यसअघि दायर भएका अन्य भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन अदालतले आदेश गरिसकेको छ ।