छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व समापन गरिने परम्पराअनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा हुने जानकारी दिएका हुन्।