काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार न्यायाधीश नियुक्त गरेका हुन् ।
नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।