प्रधानमन्त्रीपछि सभामुखसँग भेटे रवि लामिछाने

प्रधानमन्त्रीपछि सभामुखसँग भेटे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा लामिछाने र अर्यालबीच भेटवार्ता भएको हो। उनीहरूबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन।

सभापति लामिछानेले यसअघि बुधबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै उनले सभामुख अर्यालसँग भेट गरेका हुन्।