च्याम्पियन्स लिग : लिभरपुलको उत्कृष्ट पुनरागमन
लन्डन । एलेक्सिस म्याक एलिस्टरको उत्कृष्ट गोलको मद्दतमा लिभरपुलले च्याम्पियन्स लिगमा पुनरागमन जित दर्ता गरेको छ।घरेलु मैदान एनफिल्डमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा सुरुआती अग्रता भने एटलेटिको म्याड्रिडले लिएको थियो।...
