विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी, दक्षिण अफ्रिकामाथि २-० को जित
काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा गएराति सम्पन्न खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे।...
