नेपालमा बढ्दो कफी संस्कृतिलाई सम्बोधन गर्दै सीजी (CG) मेरिडिया: ‘स्मार्ट होम एप्लायन्सेस’ पोर्टफोलियो विस्तार गर्दै ल्यायो प्रिमियम ‘ड्रिप कफी मेकर’
काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी (CG) ले आफ्नो प्रिमियम श्रेणी 'सीजी मेरिडिया' अन्तर्गत यसअघि बजारमा ल्याएको 'एस्प्रेसो मेकर (Model: CGMRCM01)' ले छोटो अवधिमै नेपाली कफी पारखीहरूको मन जित्न सफल भएको छ। नेपालमा बढ्दो कफी संस्कृति (Coffee Culture) र...
