

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्रीसहित बजारमा राम्रो सुरुआत गरेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, स्टेनलेस स्टिलको ट्याङ्की र विशेष मर्मतसम्भार सुविधासहितको यस उत्पादनले उपभोक्तामाझ आकर्षण बढाएको कम्पनीको दाबी छ।
एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर र पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुचरणीय शुद्धीकरण प्रणाली रहेको छ। यस प्रणालीले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ।
यसमा ८ लिटर क्षमताको ट्याङ्की रहेको छ, जसले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्न सुविधा प्रदान गर्छ। त्यस्तै, ट्याङ्कीको वायुरोधी ढकनी र लकिङ प्रणालीले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्ने जोखिम कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।
एलजी वाटर प्युरिफायरको अर्को विशेषता ‘टु फ्री मेन्टिनेन्स’ सुविधा हो। यसअन्तर्गत पहिलो वर्षमा दुई पटक निर्धारित तथा स्वचालित सेवा भ्रमण, दुई पटक सम्पर्करहित मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन सेवा र दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
उत्पादनसँगै खरिदपछिको सेवामा पनि ध्यान दिइएको उल्लेख गर्दै कम्पनीले यस सुविधाले ग्राहकलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कम्पनीले आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि उपलब्ध गराएको छ। उन्नत शुद्धीकरण प्रविधि, ८ लिटर क्षमताको ट्याङ्की र अतिरिक्त मर्मतसम्भार सुविधासँगै चाडपर्व अफरले उत्पादनलाई उपभोक्ताका लागि थप आकर्षक बनाएको कम्पनीको भनाइ छ।
सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स उपभोक्ता विद्युतीय उपकरणको क्षेत्रमा कार्यरत कम्पनी हो। यो नेपालमा एलजी उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक रहेको कम्पनीले जनाएको छ।
एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो साझेदारीमार्फत सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजी ब्रान्डको विस्तार तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ।
एलजी इलेक्ट्रोनिक्स इन्क विश्वव्यापी प्रविधि तथा उपभोक्ता विद्युतीय उपकरणको क्षेत्रमा कार्यरत कम्पनी हो। यसले घरायसी उपकरण, घरायसी मनोरञ्जन प्रणाली तथा वातानुकूलनसम्बन्धी समाधानहरू उपलब्ध गराउँदै आएको छ।
नवीन प्रविधि, ऊर्जा दक्षता र मानवकेन्द्रित डिजाइनमा जोड दिँदै कम्पनीले उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उत्पादन तथा सेवाहरू विकास गर्दै आएको छ।