मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – चन्द्रप्रकाश बानियाँ
म्याग्दी, ९ असोज ।इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसक्नुभएको छ । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन…
