

-रामप्रसाद पन्त-
नेपाली राजनीति र नेपाली साहित्य जगत्मा सधैं तरङ्गित भइरहने गरेको नाम बिपी अर्थात् विश्वेश्वरप्रसाद कोइराला, आखिर के हो ? ‘बिपी’ शब्द विश्लेषणयोग्य छ । यसर्थ भन्नुपर्छ, बिपी चेतना हो । बिपी विचार हो । बिपी युगको प्रतिविम्ब हो । बिपी ज्ञान हो । बिपी विज्ञान हो । बिपी समयको प्रवाह हो । बिपी न भूत हो, न भविष्य हो । बिपी सधैं वर्तमान हो । बिपी शताब्दीअघि पनि वर्तमान थियो, जीवन वृत्तमा पनि वर्तमान भइरह्यो र विगत भएपछि पनि बिपी वर्तमान नै छ ।
बिपी हिजो जे थियो, आज पनि उही छ । बिपीको विम्बले हिजोजस्तो काम गरिरहेको थियो, आज पनि उसैगरी काम गरिरहेको छ । बिपीपथ हिजो जति सुन्दर र सजिलो थियो, आज पनि उत्तिकै सहज र गतिमय छ । बिपीपथ बाङ्गो र टेढोमेढो छैन । बिपीपथमा हि“ड्नेहरूलाई भ्रमित हुनुपर्दैन, उल्टो हिड्नुपर्दैन र दिशाहीन हुनुपर्दैन ।
बिपी सङ्घर्षको अर्काे रूप हो । बिपी पीडा र वेदनाको प्रतिरूप हो । बिपी दया र करुणाको सागर हो । बिपी जनमनको अन्तर्आवाज हो । बिपी सूक्ष्ममा अति सूक्ष्म र आकारमा अति विस्तारित रूप हो । बिपी अरूलाई खियाउने नामरूप होइन, आफै खिइएर र पग्लिएर अरूलाई उल्यालो दिने तरल रूप हो । बिपी कठोरका लागि वज्र र मृदुलका लागि क्षणभरमा पग्लिने नवनीत हो ।
बिपी विचारको सगरमाथा हो । भावनाको प्रशान्त महासागर हो । बिपी दूरगामी प्रभाव छाड्न सक्ने सदाचार, सदाशय र सद्भावको पारखकर्ता हो । बिपी देश बनाउन सपनै सपना बोकेर वैचारिक एवम् दृढसङ्कल्पमा समर्पित एवम् समुन्नत युगनायक हो ।
बिपी चम्किलो प्रकाश हो । अध्यारोमा चमक दिने एउटा ज्योतिपुञ्ज हो । ताराहरूमध्येको उज्ज्वल तारा ध्रुवतारा हो । बिपी शीतलतामा चन्द्रमा हो । मानवमष्तिष्कलाई शीतलता प्रदान गर्ने श्रीखण्डलेप हो । बिपी राष्ट्र र राष्ट्रवासीलाई प्रगतितर्फ उन्मुख गराउन प्रतिबद्ध भएर पाइला अगाडि बढाइरहेको एउटा यायावर हो । बिपी जनतालाई शान्ति, समृद्धि, समुन्नति र स्थिरतातर्फ उन्मुख गराउन दृढसङ्कल्प बोकेर अगाडि बढेको महापथिक हो ।
आत्मश्लाघा नचाहने र हीनताभावले पनि ग्रस्त नभई स्वाभिमानमा बाँच्ने क्षमतावान् व्यक्ति हो बिपी । अतिरञ्जित प्रचार नगर्ने, अवाञ्छित आशा नबा“ड्ने दम्भ र अहङ्कारबाट टाढै रहने आस्था, निष्ठा र समर्पणको अर्काे रूप हो बिपी ।
२००३ सालमा विराटनगरमा मजदूर हडताल गराएर आफूलाई राष्ट्रिय राजनीतिमा होम्ने व्यक्ति हो बिपी । हडतालकै क्रममा पक्राउ खाएर २२ दिन हि“डाएर काठमाडौं ल्याइएको व्यक्ति हो बिपी । बन्दीमाथि अमानवीय व्यवहार, दमन र अत्याचार गरिएको विरुद्धमा २९ दिनसम्म अनशन बसी प्राण दाउमा राख्ने व्यक्ति हो बिपी ।
बिपी सामान्य मानिसभन्दा अलिकति माथि उठेको तर धर्ती नछाडेको एउटा युगान्तकारी मानव हो । बिपी गौतम बुद्ध, अंशुबर्मा, पृथ्वीनारायण, भानुभक्त र देवकोटा कोटिमा पर्ने युगीन महापुरुष हो । बुद्धको जस्तो करुणा, गान्धीको जस्तो अहिंसा, चर्चिलको जस्तो बुद्धिमता र रुजबेल्टको जस्तो मानवीय गुण भएको व्यक्ति हो बिपी । मानवीय भावना र संवेदनाको सूक्ष्म विश्लेषक हो बिपी । मानवीय सभ्यता र संस्कारको अद्वितीय शिल्पी हो बिपी । अत्यन्त कुशाग्र बुद्धि भएको सामाजिक परिवर्तनको संवाहक हो बिपी । सारांशमा भन्नुपर्दा सम्पूर्ण एसियाई महाद्वीपका जनताका लागि नै प्रेरणा स्रोत हो बिपी । तर, बिपी भगवान् होइन । किरिट कुण्डल र मुकुट लगाइदिएर भगवान् बनाउन खोज्नेका लागि बिपी दिवास्वप्न हो । नाम भजाएर स्वार्थपूर्ति गर्नेहरूका लागि बिपी खबरदारी हो ।
बिपी स्वाभिमान हो । बिपी स्वाभिमानको सगरमाथा हो । स्वाभिमान गुमाएर जनताका आकाङ्क्षाहरूलाई कुल्चेर प्रधानमन्त्रीको कुर्सीमा मात्र बस्न चाहेको भए ऊ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्थ्यो । तर, उसले स्वाभिमान छाडेन । स्वाभिमान नछाडेकै कारण ऊ सत्ताबाट अपदस्थ भयो । जेलनेल सह्यो र झन्डै फा“सीको सन्निकट पुग्यो ।
कोरा कल्पना र असम्भव प्रलोभन दिएर जनता झुक्याउने कोटीको नेता होइन बिपी । जनतालाई रैतीबाट सार्वभौम बनाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादले ओतप्रोत बनाउन दिलोज्यान दिएर अगाडि बढेको एउटा राजनेता हो बिपी । वास्तवमा बिपी तत्कालीन परिवेशको नेल्सन मण्डेला हो । जयप्रकाश नारायण हो । राममनोहर लोहिया हो । जवाहरलाल नेहरू हो । जोसेफ ब्रज टिटो हो । बिली ब्रान्ट हो । फ्रा“स्वा“ मितेरा“ हो । विष्टन चर्चिल हो । माओ, चाओ र लिङ्कन हो ।
नेपाली राजनीतिक भविष्यको मस्तिष्क हो बिपी । नेपाली माटोमा जनअनुकूल प्रजातान्त्रिक समाजवादको जग हाल्ने समाजवादी सिद्धान्तको प्रणेता हो बिपी । नेपाली साहित्याकाशमा मनोवैज्ञानिक धार सूत्रपात गर्ने मनोकथालोकको एउटा सूत्रधार हो बिपी । नेपाली साहित्यिक बगैंचा गोडमेल गर्ने काममा प्रवृत्त एउटा कुशल र इमानदार माली हो बिपी । लोहिया र जयप्रकाश नारायणपछि भारतीय समाजवादी नेताहरूद्वारा पनि अनुसरण गरिएको व्यक्तित्व हो बिपी । म्यानमारका उवास्वे, इजरायलका सेरियट, इटलीका टोगलेटी र जर्मनीका विलिब्रान्टजस्ता समाजवादी नेताहरूसरह छवि राख्न सक्ने बीसौं शताब्दीको एक महान् मेधावी नेता हो बिपी । बिपीकै शब्दमा भन्नुपर्दा— बिपी राजनीतिमा समाजवादी हो, साहित्यमा अराजकवादी ।
बिपी ठूलो मानिस होइन, असल मानिस हो । बिपी कसैको लोभ–लालच र डाह–ईष्र्यामा लागेर आफ्नो मर्यादा सिद्धान्त र स्वाभिमान गुमाउने मानिस होइन । बिपी नेपाली माटोमा भित्रैसम्म जरा गाडेको एउटा अजर, अमर र अब्बल पीपलवृक्ष हो । बिपी नेपाली जनताका लागि छहारी निर्माण गर्ने आशा र विश्वासको तन्तु अनि सुख शान्ति र समृद्धिका लागि आफैलाई जलाउने र आफैलाई खियाउने एक त्यागी नेता हो ।
बिपी अभिजात्य वर्गलाई माथि उठाउन कम्मर कसेर लागेको माक्र्सप्रभावित मनुवा हो । तर, बिपी कम्युनिष्ट कदापि होइन । ‘२५ वर्षसम्म कम्युनिष्ट नहुने मानिस, रगत भएको मानिस होइन । २५ वर्षपछि पनि कम्युनिष्ट भइरहने मानिस, बुद्धि भएको मानिस होइन’ भनी दाबीका साथ भन्न सक्ने एउटै सिद्धान्त र नीतिमा आफूलाई प्रवृत्त गराइराख्ने व्यक्ति हो बिपी ।
बिपीवाद पू“जीवाद होइन, माक्र्सवाद हो । तल्लो वर्गलाई उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर अगाडि बढिरहेको व्यक्ति हो बिपी । जनतालाई दासताबाट चेतनातर्फ, सङ्कीर्णताबाट उदारतातर्फ, सामन्तवादबाट प्रजातन्त्रतर्फ, निरङ्कुशताबाट सर्वसम्मतितर्फ उन्मुख गराउने अभियानमा लागेको सचेतक व्यक्ति हो बिपी । घोर दक्षिणपन्थदेखि कट्टर वामपन्थसम्मका सबैले प्रजातन्त्रको फल भोग गर्न पाउनुपर्छ भन्ने समतावादी सिद्धान्त बोकेको व्यक्ति हो बिपी ।
हो, कुनै पनि कम्युनिष्टभन्दा कम छैनन् बिपीका अभिव्यक्तिहरू । बिपीवाद भन्छ — ‘नेपाल भनेको नेपालका ती गरीब जनता हुन्, जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरा मात्र भएको टोपी छ । बिरामी परे ओखतीमूलो पाउ“दैनन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन् । जसलाई बिहान खाएर बेलुका के खाउ“m र बेलुका खाएर बिहान के खाऊ“ भन्ने समस्या छ, तिनै किसानहरूको देश हो नेपाल । ठूलाठूला महलमा बस्ने र मोटर चढ्ने त यहा“ १० प्रतिशत पनि छैनन्, तिनीहरू नेपाल होइनन् ।’
यति मात्र होइन, जमिन जोत्नेको हुन्छ भन्ने र राजाको तस्वीरस“गै एउटा गरीब गाउ“ले किसानको तस्वीर राखेर योजना बनाउनुपर्छ भनी योजनाविद्हरूलाई निर्देशन दिने बिपीवाद कुनचाहि“ कम्युनिष्ट सिद्धान्तभन्दा कम छ ? तर, बिपीको सिद्धान्त सम्भ्रान्तवर्गलाई तल झारेर सर्वहारा वर्ग बनाउने होइन, सर्वहारा वर्गलाई उठाएर सम्पन्न बनाउने हो । त्यसैले बिपी भनाइ मुखरित भइरह्यो — ‘राष्ट्र बचाउनु, प्रजातन्त्र ल्याउनु र देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु यी तीनओटा हाम्रा ऐतिहासिक दायित्व हुन् ।’
छिमेकी मुलुक होस् या अन्य मुलुक जहाँ बसे पनि सधैं प्रजातन्त्रको पक्षमा लडिरहने अथक योद्धा हो बिपी । भारतीय स्वतन्त्रताका निम्ति १४ वर्षकै उमेरमा जेल जाने साहसी किशोर हो बिपी । साहित्यिक सृजनामा चेखव, मोपासा“, फ्राएड, सेक्सपियर, प्रेमचन्द, द्विवेदीजस्ता प्रेरक तत्त्वबाट प्रेरित भएर कथा, उपन्यास, जीवनी–साहित्य लेख्न सफलता प्राप्त गरेको व्यक्तित्व हो बिपी । राजनीति र साहित्यका दुई भिन्न डु“गालाई एकै साथ खियाएर अघि बढाउन सक्ने क्षमतावान् व्यक्तित्व हो बिपी । प्रधानमन्त्री भएर नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा पु¥याउने सामथ्र्यशाली राजनीतिज्ञ हो बिपी । नेपाली काङ्ग्रेस र नेपाली जनताको मन जितेर नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री बन्ने ऊर्जाशील नेपाल आमाको असल सपुत हो बिपी ।
वर्ग, क्षेत्र र जातविशेषलाई ध्यानमा राख्दै समावेशी शैलीमा राज्य सञ्चालन गर्न सक्ने खुबी भएको व्यक्ति हो बिपी । बौद्धिक, वैज्ञानिक, विश्लेषक, साहित्यिक, सांस्कृतिक र सृजनशील व्यक्तित्वहरूलाई उचित कदर गर्दै सम्मानजनक स्थानमा राखी सर्वाङ्गीण विकासमा लगाउन सक्ने क्षमतावान् व्यक्ति हो बिपी ।
सामाजिक विद्रोह गरेर तानाशाही राणाहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने साहसी र निडर बाबु कृष्णप्रसाद कोइरालाको रगत हो बिपी । ‘बाबु जेलमै मरे, छोरो (बिपी) पनि प्रजातन्त्रको लडाइ“मै जेल परेर मर्छ भने मरोस् तर क्षमा माग्दिन“’ भनी राणाहरूको अगाडि गर्जने वीराङ्गना माता दिव्याको गर्भ हो बिपी । नेपालको इतिहासमै एक पिताका तीन पुत्र प्रधानमन्त्री बनाउने नेपाल आमाको एउटा चम्किलो पुत्ररत्न हो बिपी । चीनको नौलो जनवाद, पाकिस्तानको आधारभूत प्रजातन्त्र र नेपालको पञ्चायती प्रजातन्त्रको दुहाइ दिने र जनता ठग्ने धूर्त नेताहरूभन्दा नितान्त भिन्न स्वभाव भएको असल मानव हो बिपी ।
भारतले सिक्किम खा“दा, चीनले तिब्बत लैजा“दा, इन्डोनेसियाले टिमोर अधीनस्थ पार्दा र रुसले अफगानिस्तानमाथि हस्तक्षेप गर्दा त्रस्त भएर नेपाल राष्ट्र जोगाउनका लागि बरु तानाशाहस“ग पनि सम्झौता गर्न उद्यत हुने राष्ट्रवादी चिन्तक हो बिपी । ‘देशै नरहे कुन देशका जनताका लागि प्रजातन्त्रको लडाइ“ लड्ने ?’ भन्ने सोच भएको दूरदर्शी व्यक्तित्व हो बिपी । ‘राष्ट्रियताको ढुकढुकीअनुरूप राजनीति गरेमा अनन्त शक्ति प्राप्त हुन्छ’ भन्ने सोच राख्ने र देश, काल, परिस्थिति बुझेर राजनीति गर्नुपर्छ भन्ने वैचारिक दृष्टिकोण भएको बौद्धिक व्यक्ति हो बिपी ।
जनतामा भय र त्रास उत्पन्न गरी जनताका चेतना कुण्ठित पार्ने र जनतालाई भुलभुलैयामा पारी उनकै का“धमा टेकेर अकण्टक शासन चलाउनेका विरुद्धमा उभिने एउटा युगचेता व्यक्ति हो बिपी । जनताको मुक्तिका निम्ति आफूलाई सङ्घर्षमा होम्दा पुलिसको डन्डा खाने र जेलको चिसो छि“डी कुर्न बाध्य हुने विडम्बनापूर्ण तर तीतो सत्य हो बिपी ।
बिपी उर्वर नेपाली माटो हो । नेपाली माटोको सुवास हो । हिमाल, पहाड, तराई हो । मेची र महाकाली हो । गण्डकी, कोशी र कर्णालीमा अविरल बगिरहने र कहिल्यै नसुक्ने पानीको अजस्र स्रोत हो । त्यसैले त बिपीको आत्माबाट आवाज निस्कियो— ‘नेपालको माटोलाई छुनुहोस्, त्यो माटोले जे भन्छ त्यही तपाईंको लागि जवाफ हो । अनि हृदयलाई सोध्नुहोस्, जे जवाफ दिन्छ त्यही गर्नुहोस् । नाङ्गा पैताला र झुत्रे लुगा लगाएकालाई सोध्नुहोस्, नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस्, त्यही तपाईंको कर्तव्य हो ।’
बिपी कर्मको अर्काे रूप हो । बिपीले सधैं कर्मको पूजा गरिरह्यो, भाग्यवादमा विश्वास गरेन । आत्मालाई विश्वास गर्यो, ढुङ्गाको मूर्तिलाई विश्वास गरेन । कर्म नै ईश्वरको पूजा सम्झियो र जस्तै आपत्ति आइलागे पनि निरन्तर कर्म गरिरकह्यो । त्यसैले त उसको मनको आवाज यसरी बाहिर निस्कियो — ‘मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो लाग्दैन । म देख्छु कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरे होलान् कतिका दुलाहा मरिरहेका होलान् ? कतिको घर बर्बाद भए होला ? ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन ।’ यसबाट के बुझ्न सकिन्छ भने बिपी न नास्तिक हो, न आस्तिक । बिपी यथार्थमा मानवतावादी हो । मानवतावाद नै उसको मूल धर्म हो ।
बिपी अथक यात्री हो । उसको गन्तव्य सगरमाथा हो । ऊ कर्मले सगरमाथा टेकेको मानिस हो । जीवनयात्रामा उसले थुप्रै दुःख, कष्ट, अवरोध र प्रतिरोधहरूसँग सिउँरी खेल्यो । चट्टानसँग जुध्यो र गन्तव्य पहिल्यायो । त्यसैले त बिपी एउटा बेगवान् नदी हो । उसको यात्रा समुद्रसम्मको हो । ऊ समुद्र नछोएसम्म यात्रा नरोक्ने महायात्री हो । त्यसैले त उसले बिगुल फुकिरह्यो— ‘सगरमाथामा पुग्न चाहने पर्वतारोहीको जस्तो मेरो यात्रा हो । यस यात्रामा मैले तलमाथि गरिरहनुपर्ला, सोझो घुमाउरो बाटो पहिल्याउँदै अग्रसर हुनुपर्ला कति यात्रास्थलमा चट्टानको दुर्गम पर्खाललाई छिचोल्न केही कदम फर्किएर पर्खालको परिक्रमा गरेर उतापट्टि पुग्नुपर्ला π तर मेरो यात्राको पुग्ने ठाउ“ त सगरमाथाको चुचुरो नै हो ।’
शब्दसँग होइन, शब्दको प्रयोगसँग विश्वास गर्ने कर्मवादी व्यक्तित्व हो बिपी । जय नेपाल, लाल सलाम अभिवादन वा नमस्कार शब्दहरू कुनै वर्गविशेषका पेवा हुन सक्दैनन् । तिनले दिने सन्देश र सामथ्र्यसँग विश्वास गर्नुपर्छ भन्ने पक्षधर हो बिपी । साहित्यमा प्रगतिशीलतालाई पेवा बनाउन खोज्नेहरूसँग सहमति छैन बिपीको । त्यसैले त बिपीकै कलमले ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक दिएर लेख लेख्न पुग्यो बिपी र उद्घोष गर्यो — ‘साहित्य मानिएका रचनाहरू सबै प्रगतिशील हुन्छन् । प्रगतिशीलता नभएको साहित्य, साहित्य नै हुन सक्दैन ।’
त्यसै भएर त बिपीवाणी प्रगतिशीलताको वकालत गर्न थाल्छ — ‘अहिले नेपालमा प्रगतिवाद, जो प्रगतिशीलताको नारा दिइरहेको सुनिन्छ । विद्यार्थी जगत्मा होस् या अरू जगत्मै किन नहोस्, यसको पक्षमा एउटा ठूलो दुर्बलता के देखा परेको छ भने यिनीहरू प्रजातन्त्रको पक्षमा प्रजातान्त्रिक समाजको सङ्घर्षमा कहिल्यै सक्रिय रहेनन् । प्रगतिशीलको नाममा यिनीहरू पञ्चवादीभन्दा भिन्न तत्त्वका रूपमा देखा परेनन् । यिनीहरू सधैं कथित क्रान्तिको पक्षमा रहेर ठूलाठूला आदर्शका कुराहरू गरेर र खोत्रो आदर्शका कुराहरू बोकेर आफूलाई प्रगतिशील भनिरहे ।’
जनइच्छा अनुकूल शासन चल्नुपर्छ भन्ने वैचारिक धरातल भएको नेता हो बिपी । जसले आफूलाई सधैं प्रजातान्त्रिक सङ्घर्षमा होमिइरह्यो, जसको प्रतिफल राष्ट्रको प्रधानमन्त्रीसम्म हुन पुग्यो बिपी । तर, एकै वनका दुई बाघ हुन पुगे बिपी र महेन्द्र । एउटा जनताको छोरो अर्काे जन्मजात शासक । राजा भएकै कारण महेन्द्रमा प्रजातान्त्रिक संस्कार रहेन । फलस्वरूप १८ महिना पनि सत्ता सञ्चालन गर्न नपाउँदै महेन्द्रले षडयन्त्रमूलक ढङ्गले चक्रव्यूहमा पारिछाडे — एउटा जननिर्वाचित प्रधानमन्त्रीलाई ।
बिपी सत्ताच्युत मात्र भएनन्, ८ वर्षसम्म कठोर कारावासको यातना पनि खपà