प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्वास्थ्य कारण स्थगित

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्वास्थ्य कारण स्थगित

काठमाडौँ । आज प्रतिनिधिसभामा तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्वास्थ्य कारण स्थगित भएको छ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिँदै स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुन नसक्ने बताएका छन्।

यसरी आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित हुन पुगेको हो।