उपसभामुख हटाउने तयारी : एमालेले सांसदलाई उपत्यका नछाड्न सूचना

उपसभामुख हटाउने तयारी : एमालेले सांसदलाई उपत्यका नछाड्न सूचना

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीसँगै सत्तारूढ दल नेकपा एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।

मंगलबार सांसदहरूलाई मोबाइलमार्फत मेसेज पठाउँदै तत्काल उपत्यकाबाहिरका कार्यक्रममा सहभागी नहुन र बाहिर गएका सांसदलाई फर्कन भनिएको एक सांसदले जानकारी दिए।

कांग्रेस र एमालेले उपसभामुख हटाउन हस्ताक्षर संकलन गरिरहेका छन् भने विपक्षी दलहरूले यसको विरोध गर्ने तयारी गरिरहेका छन्। कांग्रेसभित्रकै इतर समूहका केही सांसदहरूले भने अझै हस्ताक्षर नगरेको बुझिएको छ।