बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ?

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ?

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

यसअघि मुख्यमन्त्री बानियाँले आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। त्यतिबेला कांग्रेसबाट ३ र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त भएका थिए।

नयाँ नियुक्तिसँगै बागमती प्रदेश मन्त्रिपरिषद् र कार्यविभाजन यस प्रकार छ–

-इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

-मधुसूधन पौडेल – कृषि तथा पशुपन्छी विकास

-शिवराज अधिकारी – आन्तरिक मामिला तथा कानुन

-किरण थापामगर – स्वास्थ्य

-उर्मिला नेपाल – युवा तथा खेलकुद

-कन्चन चन्द्र वादे – सामाजिक विकास

-डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास

-प्रभात तामाङ – आर्थिक मामिला तथा योजना

-भरतबहादुर केसी – वन तथा वातावरण

-सुरेश श्रेष्ठ – संस्कृति तथा पर्यटन

-जयराम थापा – श्रम, रोजगार तथा यातायात

-कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ

-विन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन

-विनु रायमाझी पौडेल – सहकारी तथा गरिबी निवारण