गर्मीमा आँप खाँदा पिम्पल आउने? यी ५ उपाय अपनाएर सजिलै जोगिनुहोस्

गर्मीमा आँप खाँदा पिम्पल आउने? यी ५ उपाय अपनाएर सजिलै जोगिनुहोस्

काठमाडौं । गर्मीको मौसममा आँप सबैको प्रिय फल हो, तर कतिपयको लागि यसले छालामा नकारात्मक असर पुर्‍याउँछ—जस्तै अनुहारमा पिम्पल देखा पर्नु। यस्ता गुनासोहरू बढिरहेका बेला छाला विशेषज्ञहरूले केही सजिला उपाय सुझाएका छन्, जसको पालन गरेमा तपाईं आँपको मजा पनि लिन सक्नुहुन्छ र छालाको समस्या पनि टार्न सक्नुहुन्छ।

-सिमित मात्रामा मात्र खाऔं
यदि आँप खाएपछि तपाईँलाई पिम्पल आउने समस्या छ भने एकैपटक धेरै नखानुहोस्। दिनमा दुई वटा भन्दा धेरै नखान सुझाव दिइएको छ, र यदि समस्या बढ्दै गएको छ भने मात्रा झनै घटाउनु उपयुक्त हुन्छ।

-सही समयमा सेवन गरौं
बिहान वा दिउँसो आँप खानु उत्तम मानिन्छ किनभने त्यसबेला शरीरको मेटाबोलिज्म सक्रिय हुन्छ र चिनी सजिलै पच्न सक्छ। राति आँप नखाने बानी बसाल्नु उपयुक्त हुन्छ।

-प्रोटिन वा फाइबरसहित खानुहोस्
आँपसँगै अंकुरित दाल, सलाद वा भिजाएको कागती जस्ता फाइबरयुक्त चिज खाँदा चिनीको असर कम हुन्छ, जसले तेल उत्पादन नियन्त्रणमा राख्छ र पिम्पल हुने सम्भावना घटाउँछ।

-जात विशेषको आँप छनोट गरौं
सबै आँप एउटै प्रकारको हुँदैनन्। स्वदेशी जातका आँपमा फाइबर बढी हुने भएकाले ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ, जसले छालाको अवस्था सुधार गर्छ। मिठास बढी भएको ‘अल्फोन्सो’ जस्ता आँप चाहिँ छालाको लागि हानिकारक हुन सक्छन्।

-काँचो आँप विकल्प हुन सक्छ
यदि पाकेको आँपले असर गर्छ भने, काँचो आँपको अचार वा चटनी बनाएर खाने विकल्प प्रयोग गर्न सकिन्छ। काँचो आँपमा चिनी कम हुने भएकाले यो छालाका लागि सुरक्षित हुन सक्छ।

छाला सवेदनशील छ भने पनि स्वाद नमारौं—सावधानी अपनाएर आँपको स्वाद पनि लिऊँ र छालाको सुरक्षा पनि गरौं।