

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा पूजाआर्चना गरेका छन्।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाह र अमेरिकाबाट केही दिनअघि मात्रै नेपाल फर्किएका पूर्व नवयुवराज हृदयेन्द्र शाह पनि पूजामा सहभागी भएका थिए।
नारायणहिटी दरबारभित्रको चतुव्र्यूह नारायणधाम मन्दिरमा राजपरिवारका सदस्यहरूले समय-समयमा दर्शन र पूजाआजा गर्ने परम्परा रहेको छ। सो मन्दिर सर्वसाधारणका लागि समेत खुला छ।
पूर्व नवयुवराज हृदयेन्द्र हाल अमेरिकाको बोस्टनमा अध्ययनरत छन् र उनी बिदाका क्रममा नेपाल आएका हुन्।
