

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले आफ्नो भारत भ्रमण सफल भएको बताइन् । पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न सहयोग पुगेको भन्दै भारत भ्रमण सफल भएको बताइन् ।
भ्रमणका क्रममा आफुले भारतीय प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको जानकारी दिदै उहाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन् । यस्तै, भारतीय समकक्षी एस.जयशंकरसँगको भेटमा व्यापार, पाहरवाहन, हवाई रुट, पन्चेश्वर, सीमा पुर्वाधार क्षेत्रमा छलफल भएको उनले बताइन् । त्यस्तै उनले भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतामा प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।