

काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको “Can you solve the Puzzle” नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ।
ग्राहकहरूसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र उहाँहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ब्रान्डले यो कन्टेस्ट सञ्चालन गरेको थियो। ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको यस रोमाञ्चक प्रतियोगितामा नुवाकोट निवासी श्री श्याम रिजाल विजेता बन्नुभएको छ।
विजेता श्री श्याम रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिजी ब्रान्डका सेल्स म्यानेजर श्री बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी र उत्कृष्ट ‘CG ब्रिजर २२ एयर कुलर’ (CG Breezer 22 Air Cooler) हस्तान्तरण गर्नुभयो।
यस प्रतियोगितामा ग्राहकहरूबाट प्राप्त अपार सहभागिताले सिजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एकपटक प्रमाणित गरेको छ।
“Experience Life with CG” को मूल नारालाई आत्मसात गर्दै, आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उहाँहरूसँग जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता सिजी ब्रान्डले जनाएको छ।
सिजीका उत्कृष्ट उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक ‘सिजी डिजिटल’ (CG Digital) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।