

काठमाडौं ।मंगलबार बरामद भएको ठूलो परिमाणको सुनको तौल १५५ केजी रहेको पाइएको छ। टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको तौल १५५ किलो रहेको बताएका हुन्।
‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ स्रोतले जानकारी दियो ।
अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने उनले बताए । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।
राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।
राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ ।