

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल (TCL) ले विशेष उत्सव योजना ‘Celebrate Dashain & Tihar’ सार्वजनिक गरेको छ। ‘Great Moments, Mega Cashbacks & Gifts!’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले टीसीएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार र सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यस विशेष योजनामा टीसीएलका टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनर तथा अन्य उपकरणहरू समावेश छन्। योजनाअन्तर्गत ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा TCL S55H साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा CG इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।
यसका अतिरिक्त, उपभोक्ताले रु. १ लाख ४२ हजार ५०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज EMI सुविधा पनि प्राप्त गर्न सक्नेछन्। टीसीएलले यस उत्सव योजनामार्फत उपभोक्तालाई आकर्षक बचतसँगै उपयोगी उपहार प्रदान गर्दै दसैँ र तिहारको खुसीलाई अझ विशेष बनाउने उद्देश्य राखेको छ।
नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टीसीएलले QD-Mini LED प्रविधियुक्त ९८ इन्चसम्मका ठूला स्क्रिनका टेलिभिजनलगायत विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएको छ। ‘Inspire Greatness’ भन्ने ब्रान्ड सन्देशअनुसार टीसीएलले उत्कृष्ट मनोरञ्जन अनुभव र दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनहरूमा जोड दिँदै आएको छ।
चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा टीसीएलका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। टीसीएलका QD-Mini LED तथा QLED टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा VRF एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।