सन्दिप लामिछाने आईपिएलमा दिल्लीकालागि अनुबन्धित

सन्दिप लामिछाने आईपिएलमा दिल्लीकालागि अनुबन्धित

काठमाडौं। नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने भारतको टि-२० प्रिमियर लिग क्रिकेट ईण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्ने भएका छन्।

दिल्ली डेयर डेविल्सले नेपाली रुपियाँ ३२ लाखमा उनलाई अनुबन्धित गरेको हो। भारतमा जारी आईपीएल लिलाममा सन्दिपलाई दिल्लीले छनौट गरेको हो।

सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि शख्ति गौचनले राजस्थान राेयल्सकालागि क्रिकेट क्याम्पमा सहभागी हुने मौका पाएका थिए।