कांग्रेस सहमहामन्त्री (खस-आर्य) मा मनोजमणि आचार्यको अग्रता

कांग्रेस सहमहामन्त्री (खस-आर्य) मा मनोजमणि आचार्यको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस-आर्य क्लस्टर) पदको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरणअनुसार १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६२३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

उनलाई जगदीश्वरनरसिंह केसीले ५४५ मतसहित पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ। यसैगरी, उक्त पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ११४ मत पाएका छन्।

निर्वाचन समितिका अनुसार काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खस-आर्यसहित विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदको मतगणना तीव्र गतिमा भइरहेको छ। आज थप छवटा क्लस्टरको मतगणना भइरहेको छ भने केही क्लस्टरको गणना हिजैदेखि जारी छ।